व्यवस्थापिका संसदबाट अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा विधान सर्वसम्मतीले अनुमोदन

1419
views

काठमाडौँ । । जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले राखेको अन्तराष्ट्रिय नवीकरणीय उर्जा नियोगको विधानलाई व्यवस्थापकिय संसद बैठकले अनुमोदन गरेको छ । जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले सो विधानलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए । बुधबारको बैठकले सर्वसम्मतीले अनुमोदन गरेको हो । चौधरीले सो विधानलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए ।
मन्त्री चौधरीले छलफमा उठेका प्रश्नको जवाफ दिँदै अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानबाट नेपाललाई ज्ञान, सीप,अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने जानकारी दिएका थिए ।
बुधबारकै बैठकले ’भाषा आयोगको विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । सभामुख ओनसरी घर्तीले बैठकमा सो प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए ।
यस्तै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाको अनुपस्थितिमा समितिका सदस्य आनन्दी पन्तले ’राजर्षिजनक विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७४” लाई सदनको बैठकमा प्रस्तुत गरेका थिए ।
उपनियम निलम्बन
यसैगरी सदनको आजको बैठकले व्यवस्थापिका संसद् नियमावली १२७ को उपनियम एकलाई पनि बहुमतले निलम्बन गरेको छ ।
व्यवस्थापिका(संसद्को बैठकले भाषा आयोग विधेयक, २०७३ लाई यही असोज २७ गतेभित्र पारित गर्न आवश्यक भएकाले सो नियमावलीलाई बैठकले निलम्बन गरेको हो ।
निलम्बनसम्बन्धी सो प्रस्तावलाई बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्तुत गरेका थिए भने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रेखा शर्माले समर्थन गरेका थिए ।