नयाँ शक्तिलाई पाँच सिट दिने एमाले-माओवादीको अडान

1664
views

काठमाडौं २६ असोज । नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्तिसहितको बाम गठबन्धनमा नयाँ शक्तिलाई ३ देखि ५ सिट भन्दा बढी दिन नसकिने एमाले माओवादीको अडानले समस्या उत्पन्नको संकेत देखा परेको छ ।
एक सातादेखि लामो प्रयास गर्दा पनि निर्वाचन क्षेत्र र सिट बाँडफाँड टुंग्याउन नसक्दा समस्या उत्पन्न भएको हो । कार्यदलको बैठकमा नयाँ शक्तिका नेता गंगा श्रेष्ठले लिएको प्रस्तावमा एमाले र माओवादीले अडान लिएपछि सहमति हुन नसकेको हो ।
गठबन्धनमै आउने तयारीमा रहेका नेकपा माले र राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा पाउने क्षेत्र र सिटबारे पनि अन्योल छ । तीन दिनपछि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले त्यसअघि नै क्षेत्र बाँडफाँड टुंग्याउनुपर्ने दबाब दलहरूलाई छ ।
नयाँ शक्तिका लागि गोरखामा समेत समस्या आएको एक नेताले बताए । डा. बाबुराम भड्ढराईको गृह जिल्ला गोरखामा सिट दिने विषयमा नयाँशक्तिले सिट नपाउने देखिएको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी नेता नारायण्काजी श्रेष्ठ एउटै क्षेत्रमा उठ्ने अडानले गोरखामा समस्या देखिएको ति नेताले भने सम्मानजनक हैसियत पनि कायम हुँदैन भने गठबन्धनमा रहनुको औचित्य नहोला ।
नयाँ शक्तिभित्र गठबन्धन छाड्नुपर्ने विषयमा पनि छलफल सुरु भएको बताइएको छ । नयाँ शक्तिले प्रतिनीधि सभा र प्रदेश सभामा कुल सिटको १५ प्रतिशत दाबी गरेको छ । गठबन्धनमा सामेल हुन लागेको नेकपा माले र राजमोलाई मिलाउने विषयमा पनि सकस देखिएको छ । नेकपा माले र राजमोलाई दिइने क्षेत्र र सिट संख्याबारे अझै छलफल भएको छैन ।
तर एमाले र माओवादीले साना दललाई १५ सिटको वरीपरीमा साना दललाई मिलाउने तयारी गरेको छन् ।