क्याटलोनियाका पृथकतावादीहरुलाई स्पेनको समयसीमा

769
views

असाेज, २६, गते । स्पेनमा क्याटलोनियाको विवादास्पद स्वतन्त्रता जनमत संग्रहपछि उत्पन्न राजनीतिक संकटकाबीच राष्ट्रिय दिवस मनाउने तयारी भइरहेको छ । प्रधानमन्त्री मारियानो राखोयले संसदमा संबोधन गर्दै ४० वर्षे प्रजातन्त्रमा मुलुकले अहिले सबभन्दा गम्भीर खतरा भोगिरहेको भनेको भोलीपल्ट सार्वजनिक रुपमा एकता प्रदर्शन हुँदैछ ।
प्रधानमन्त्री रखोयले क्याटलोनियाका पृथकतावादी नेतालाई उनले स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्ने प्रष्ट पार्न पाँच दिनको समयसीमा तोकेका छन्। यदि सोमबारभित्र कार्लेस पुज्डमोनले सोमबारसम्ममा स्वतन्त्र भएको घोषणा गरेको पुष्टी गरे भने उनलाई घोषणा फिर्ता लिन ३ दिनको समय दिइनेछ।
‘प्रत्यक्ष शासन’
त्यसो गर्न विफल भए म्याड्रिडले संविधानको धारा १५५ सक्रीय बनाएर क्याटलन क्षेत्रको स्वायत्तता निलम्बन गर्दै प्रत्यक्ष शासन लगाउनेछ।
प्रधानमन्त्री रखोयले पुज्डमोनले जानीजानी भ्रम उत्पन्न गरेको र आफूले निश्चितता चाहेको बताए । उनले भने, “क्याटलोनियाको अहिलेको स्थितिको अन्त्य हुनु जरुरी छ। त्यहाँ जतिसक्दो चाँडो सुरक्षा र शान्ति हुनुपर्छ ।“
क्याटलन नेताहरुले स्वतन्त्र भएको घोषणामा मंगलबार हस्ताक्षर गरेका थिए । तर उनीहरुले म्याड्रिडसँगको वार्तालाई ठाउँ दिन भन्दै त्यसको कार्यान्वयन स्थगित गरेका थिए । स्पेन पृथकतावादी सरकारले क्याटलोनियामा १ अक्टोबरमा विवादास्पद जनमत संग्रह गरेपछि समस्यामा परेको छ । जनमत संग्रहलाई त्यहाँको संबैधानिक अदालतले अबैधानिक ठहर गरिसकेकोछ । विविसी