गणतन्त्रमा पनि पूर्वराजाकै त्रास

605
views

असोज २६ गते । पूर्वराजा ज्ञानेन्द्र शाहको बैंकक भ्रमण लम्बिएपछि विभिन्न अडकलबाजी गर्न थालिएको छ । पूर्वराजा बैंकक भ्रमणबाट अझै फर्कनुभएको छैन । पूर्वराजाको यो भ्रमणलाई राजनीतिक रङ दिन थालिएको छ ।

हुन त राजाको उक्त भ्रमण एकहप्ताका लागि भनिएको थियो तर, पूर्वराजाको साथमा उहाँका स्वकिय सचिव सागर तिम्सिना मात्रै भएकोले अनेकन अडकल बाजी गर्न थालिएको हो । पूर्वराजाले भ्रमणबारे परिवारका सदस्यलाई समेत केही नबताउनुभएको बुझिएको छ । स्रोतका अनुसार भ्रमणबारे निकटवर्तीहरू समेतलाई केही भनिएको छैन ।

यसअघिका भ्रमणहरूमा सचिवहरूका अलावा कुनै न कुनै परिवारका सदस्य रहने गरेका भएपनि यसपालिको भ्रमणमा पूर्वराजाका साथमा परिवारका सदस्य छैनन् ।

उहाँले कतिले नयाँदिल्ली आउनुभएको भनी प्रचारबाजी गरेपनि अहिलेसम्म बैंककमै रहनुभएको बुझिएको छ । आधिकारीक पुष्टि हुन नसकेपनि बैंककमा पूर्वराजाले छिमेकी मुलुकहरू भारत र चीनका नेताहरूसँग विशेष भेटवार्ता गर्नुभएको भन्ने अनुमान गरिएको छ ।