हिमालयन म्युजिक अर्वाड प्रतियोगिता २०१७ हुँदै

1461
views

नवदृष्टि संवाददाता
काठमाडौं । सृजनाको मुल्यांकन श्रष्टाको सम्मान ! नेपाली संगीतको प्रर्बद्धन हाम्रो अभियान !! भन्ने उद्देश्यले हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड २०१७ हुने भएको छ ।

रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित पत्रकार भेटघाटमा हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड २०१७ को जानकारी गराइएको हो । हिमालयन इन्टरटेनमेन्ट ग्रुपका अध्यक्ष सुवास पाख्रिनले उक्त अर्वाडमा २०७२ सालदेखि २०७४ असोज मसान्तसम्म सार्वजनिक भएका गीत संगीत बुझाउनुपर्ने जानकारी दिए ।

उक्त अवार्ड बिशेष कार्यक्रम मंसिर अन्तिममा नेपालको छनौट पश्चात् मलेसियामा डिसेम्बरको अन्तिममा गरिने कार्यक्रम निर्देशक सविन घिसिङले जानकारी गराए । हिमालयन अन्तरास्ट्रिय नेपाली म्युजिक अवार्ड २०१७ विभिन्न १८ विधामा प्रदान गरिनेछ ।

आयोजकले आ–आफ्नो विधामा उत्कृष्टता हुँदै मलेसियामा गई अवार्ड तथा विविध पुरस्कारहरुबाट सम्मानित हुने सु–अवसरको सदुपयोग गर्न समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य एवं बरिष्ठ अभिनेता उत्तम केसी, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, बरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, लोकदोहोरी प्रतिष्ठान वागमतीका सल्लाहकार गायिका इन्दिरा गोले, गायक सुवास मोक्तान, नृत्य प्रशिक्षक बुद्ध लामा, गायिकाद्वय सरला राई र मीना राई लगायतले अवार्ड आयोजना भएकोमा शुभकामना व्यक्त गरे ।

अर्वाड प्रतियोगितामा प्रतिष्पर्धाका विधाहरु समेत स्पष्ट गरिएको छ । बर्ष सर्वाेत्कृष्ठ नेपाली आधुनिक गीत गायन पुरुष, बर्ष सर्वाेत्कृष्ठ नेपाली आधुनिक गीत गायन महिला, बर्ष सर्वाेत्कृष्ठ नेपाली लोकगीत गायन पुरुष, बर्ष सर्वाेत्कृष्ठ नेपाली लोकगीत गायन महिला, बर्ष सर्वाेत्कृष्ठ लोकगीत गायन नवप्रबेसी पुरुष, बर्ष सर्वाेत्कृष्ठ लोकगीत गायन नवप्रबेसी महिला विधाहरु रहेका छन् ।

यसैगरी बर्ष सर्वाेत्कृष्ठ नेपाली पपगीत गायन पुरुष, बर्ष सर्वाेत्कृष्ठ नेपाली पपगीत गायन महिला, बर्ष सर्वाेत्कृष्ठ नेपाली संगीतकार पुरुष र महिला, बर्ष सर्वाेत्कृष्ठ नेपाली तामाङसेलोगीत गायन पुरुष, बर्ष सर्वाेत्कृष्ठ तामाङ सेलो गीत गायन महिला, बर्ष सर्वाेत्कृष्ठ तामाङ म्हेन्दोमायागीत गायन पुरुष, बर्ष सर्वाेत्कृष्ठ तामाङ म्हेन्दोमायागीतगायन महिला, बर्ष सर्वाेत्कृष्ठ अभिनेता म्युजिक भिडियो पुरुष, बर्ष सर्वाेत्कृष्ठ अभिनेत्री म्युजिक भिडियो महिला समेत रहेको छ ।

अर्वाड प्रतियोगिता विधामै अभिनेता “ तामाङ म्युजिक भिडियो पुरुष, अभिनेत्री तामाङ म्युजिक भिडियो महिला र बर्ष सर्वाेत्कृष्ठ नेपाली गीत रचना महिला र पुरुष रहेको आयोजकले जनाएको छ ।