नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्रको शुभारम्भ

1951
views

काठमाण्डौ, २७ असोज । नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र काठमाण्डौमा शुभारम्भ भएको छ । सेवा केन्द्रको सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले शुभारम्भ गर्नुभएको हो ।

राज्यमन्त्री विष्टले टेलिकमको सेवाप्रति नेपाली जनता हुँदा हुँदै पनि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप ग्राहकसँग थप सम्बन्ध विस्तारको सहयोग हुने विश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नयाँ प्रविधिमार्फत ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व वृद्धि हुने बताउनुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले नेपाल टेलिकमका ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि सेवा केन्द्रले सहयोग पु¥याउने बताउनुभयो ।

यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र ग्राहकप्रति उत्तरदायी बनाइरहनका लागि सेवा केन्द्रको उल्लेख्य भूमिका हुने बताउनुभयो ।

नेपाल टेलिकमले १९७ मार्फत सोधपुछ सेवा आजै देखि नयाँ संरचनाबाट सञ्चालनमा ल्याएको र वायरलाइन ग्राहक सेवाका लागि १९८ र जीएसएम तथा सीडीएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नम्बरमा डायल गरेर ग्राहकहरुले उक्त सेवा सम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन निशुलक सेवा समेत प्रदान गर्दै आएको छ ।