पर्वत, २७ असोज । “नागरिक प्रहरी मिली तोडौ अपराधको जालो, सुरक्षित समाज बनाउन गरौ हातेमालो “ भन्ने मुल मन्त्रका साथ कर्तव्य पालनाको सिलसिलामा देश र जनताका लागी प्राणको आहुति दिने अमर प्रहरीको सम्झना गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले ६२ औ प्रहरी दिवस मनाएको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले प्रहरीले गरेको कामको उच्च मुल्याँकन गर्दै देश र जनताका लागि प्राणको आहुती दिने अमर प्रहरीको स्मरण गर्दै मुलुकमा
शान्ति सुरक्षाको लागि अहोरात्र खट्ने प्रहरीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रहरी दिवसका अवसरमा अमर प्रहरी स्मारिकामा आगन्तुक सम्पुर्ण अतिथि महानुभावहरुले विर अमर प्रहरीहरूको सम्झनामा प्रहरी स्मारीकामा पुष्प गुच्छा तथा माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा पुर्व प्रहरीको तर्फवाट हरि नारायण गिरी, अमर प्रहरीको तर्फवाट मेनका लामगादे, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष हरीओम शर्मा लामिछाने शान्ति सुरक्षा स्थापनमा प्रहरीको भुमिका बारेमा धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक एकनारायण खनालले गर्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी वल चण्डिका गणका गणपति नवराज अर्याल, नेपाली सेनाका सह सेनानी दिपेन्द्र श्रेष्ठ, पुर्व प्रहरी कर्मचारीहरू, अमरप्रहरीका आश्रित परिवारहरू, समाजसेवी, वुद्दीजिवीहरु र कार्यरत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।