चीनिया नेश्नल काँग्रेसको चुनावलले केरुङ जान नागरिकलाई रोक

608
views

असोज, २९ गते । आगामी कार्तिक १ गतेदेखी चीनमा हुने नेश्नल काँग्रेसको चुनावले नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक लगाइएको छ । केरुङ जाने नेपालीहरुलाई मितेरी पुलबाट नछोड्न चिनया अधिकारीहरुले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले बताईन् । केरुङमा अस्थायी पास भएका व्यक्तिहरुलाई रोक लगाइएको छ । केरुङ नाकामा सामान लिने कन्टेनर र स्थायी पास भएका रसुवाली नागरिक भने निर्वाधरुपमा आवतजावत भइरहेको सहायक प्रजिअ पौडेलले बताइन् ।
नेपाली बजारका लागि सामान लिन केरुङ गएका ट्रक र कन्टेनर भने फाटफुटरुपमा भन्सार हातामा भित्रिरहेको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले बताए । उनले चिनियाँ पक्षले अन्य थप जानकारी सीमा क्षेत्रमा नगराएको बताए ।