एकिकरण मौसमः पूर्वी नेपालको खम्बुवान पार्टी र राजपा नेपालबीच एकता

880
views

असोज, ३० गते । राष्ट्रिय जनता पार्टी नेपाल र खम्बुवान नेपाल पार्टीबीच सोमवार एकिकरण भएको छ । राजाधानी स्थित कार्की पार्टी प्यालेसमा आयोजित औपचारिक कार्यक्रममा दुई दलबीच एकिरण घोषणा गरिएको हो ।
पूर्वी नेपालमा खम्बुवान पार्टीको राम्रो जनआधार छ । यो एकिकरणसंगै राजपा नेपाललाई पूर्वी नेपाल अर्थात प्रदेश नम्बर एकको जनआधारमा राहत मिलेको हो । खम्बुवानका नेताहरु अब राजपाको उम्मेदवार बन्दै पार्टी झण्डा र चुनाब चिन्ह लिएर निर्बाचनमा भाग लिने भएका छन् ।
राजपा अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा लगायतले खम्बुवानका अध्यक्ष रामकुमार राईलाई स्वागत गर्दै अदिबासी जनजाति, मुस्लिम, थारू र अल्पसंख्यक समुदायको अधिकारका लागि आफू अग्रसर भएको बताए । उनले राजपालाई हिमाली, पहाड़ी, मधेशी, जनजाति, थारू सबैको पार्टी बनाउने उदघोष गरे । बाम एकतापछिका पछिल्ला दिनहरुमा चुनावी तालमेल र पार्टी एकिकरणमा कार्यहरु दिनप्रतिदिन भैरहेका छन् ।