गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी

637
views

काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ । आठौ महाधिवेशनमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी हुनुभएको हो ।
उहाँले ११ सय ९७ मत प्राप्त गर्नुभएको थियो भने गुरुङले ५ सय ८४ मत प्राप्त गर्नुभएको थियो । १८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए ।
अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने प्रतिबद्धता व्यक्र गर्नुभयो ।
दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी हुनुभएको छ । महिला उपाध्यक्षमा सपिला राजभण्डारी विजयी हुनुभयो । सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ ।