सक्कली उम्मेदवार छान्न एमालेको गोप्य बैठक

871
views

काठमाडौं ३१ असोज । निर्वाचन आयोगले तोकेको समयसिमा पुरा गर्न समानुपातिकको बन्द सूचि बुझाएपनि त्यसको अन्तिम रुप दिन एमालेले गोप्य छलफल गर्ने भएको छ ।
पार्टी कार्यालयमा भिडभाड हुने भन्दै गोकर्ण रिसोर्टमा बैठक गरेर नामलाई टुङगो लगाउने भएको हो । स्थायी समितिको बैठकले समानुपातिक उम्मेदवारको तय गर्नेछ । काठमाण्डौ गोकर्णको एउटा रिसोर्टमा बस्न लागेको बैठकमा निर्वाचन आयोगमा बुझाएको सूचीलाई फेरबदल गरेर अन्तिम रुप दिइनेछ ।
बैठक दिउँसो ३ बजे बोलाइएको एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईले जानकारी दिए । निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।
कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची आइतबार पेश गरेका थिए ।