सम्झनामा १० हजार डलर सहयोग

1253
views

कार्तिक १ असोज । स्वर्गिय छोराको नाउँमा शुर्दशन नेपालले पशुपतिनाथलाई १० हजार क्यानेनियन डलर सहयोग गरेका छन् । क्यानडाको ब्राम्पटनस्थित नेपाली पशुपतिनाथलाई नेपालले सो रकम सहयोग हस्तानान्तरण गरेका हुन् ।

नेपालले मन्दिरका सभापति डा. हरि गुरुङलाई आफ्ना स्वर्गीय पुत्र शास्वत नेपालको स्मृतिमा अक्टोबर १ का दिन एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरेका हुन् ।

नेपालले दिएको उक्त रकम मन्दिरको विकास तथा विस्तारका लागि महत्व राख्ने कुरा बताउँदै मन्दिरको नीति अनुसार उहाँको पुत्रको पुण्य तिथिको कार्यक्रम प्रत्येक वर्ष मन्दिरले आयोजना गर्ने गरी क्यालेन्डर राख्ने प्रतिबद्धता व्यक्त गरे ।

बुटवल घरभई हाल क्यानडामा बसोबास गरिरहेका नेपालका पुत्र शास्वत १२ वर्षको कलिलो उमेरमा ब्रेन ट्युमरका कारण उपचारका क्रममा क्यानडास्थित सिक किड अस्पताल टोरन्टोमा ११ अप्रिल २०१७ मा निधन भएको थियो ।

उक्त पशु्पतिनाथ मन्दिर क्यानडा ग्रेटर टोरन्टो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको आस्थाको केन्द्रको रुपमा स्थापित भएको छ ।