सांस्कृतिक कार्यक्रममा गोली चल्यो, २० जनाको मृत्यु

1818
views

अमेरिकाको लास भेगस शहरस्थित एउटा कसिनो रिजोर्ट नजिकै भीषण गोली चलेको बताइएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार म्यान्डले बे कसिनोको माथिल्लो तल्लाबाट गोली हानिएको थियो ।

गोली काण्डपछिको भागदौड तस्विरः विविसी


सांगीतिक कार्यक्रममा सहभागी भएका मानिसहरु गोली चल्न थालेपछि भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ । गोली लागेका मानिसहरुलाई एउटा स्थानीय अस्पताल पु¥याईदै छ ।हताहतीबारे आधिकारिक विवरण प्राप्त भएको छैन । यद्यपि कतिपय रिपोर्टहरुमा कम्तीमा दुईजनाको ज्यान गएको र २४ जना घाइते भएको जनाइएको छ । उनीहरुमध्ये १२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार रातिको साढे १० बजे गोली चल्न थालेको थियो र सयभन्दा बढी राउण्ड गोली चलेको आवाज सुनिएको थियो।मानिसहरु होटल, रेष्टुराँ र स्थानीय विमानस्थलमा शरण लिइरहेका छन् । बीबीसीबाट