सास्ती दिने बेगखोला, समस्या समाधान कहिले होला ?

1255
views

म्याग्दी, १९ असोज । पर्यटन समय भएसंगै बेनी जोमसोम सडक हुदै मुस्ताङ भ्रमण गर्नेको संख्यामा वृद्धि भएको छ । तर बेगखोलामा आउने बाढीले भने पर्यटकलाई सास्ती दिएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलामा बर्षासाथ आउने बाढीले पर्यटकसँगै यात्रुहरुलाई अलपत्र पार्ने, सिधा सवारी अवरुद्ध बनाउने समस्याले हैरानी खेप्न वाद्य बनाएको छ ।
गतबर्षको बाढीले बेगखोलामा बस्ती संगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा निरन्तर प्रभावित हुदै आएको छ । हालै आएको बाढीले बेगखोलामा अस्थाइ रुपमा निर्माण गरिएको पुर्वाधार बगाएपछि दशै विदामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती दिएको हो ।
वेगखोलाको समस्या सुल्झाउन जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको टोलीले स्थलगत अवलोकन गर्दै दिर्घकालिन रुपमा हजारौ यात्रुहरुलाई पर्ने समस्या समाधान गर्न कालीगण्डकी करिडोर आयोजनासंग समन्वय गरेर बर्षेनीे आउने समस्या हटाउन प्राविधिक रुपमा अध्ययन गरिएको बताए ।
वेगखोलामा आउने बाढी सदावहार जस्तै हो । बारबार आउने समस्याको समाधान अस्थाई रुपमा गरेपनि यसको दिर्घकालिन समाधान भने भएको छैन् ।