माओवादी केन्द्र पर्वतले प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेद्ववारको टुङ्गो लगायो

1235
views

पर्वत । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि नेकपा माओवादी केन्द्र पर्वतले उम्मेदवारको टुंगो सहित उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । माओवादी केन्द्रका  पाेलिट ब्यूराे सदस्य एवं पर्वत जिल्ला इन्चार्ज नेत्र अधिकारको अध्यक्षतामा बसेको बैठकले उम्मेद्ववारको टुंगो लगाएको हो ।
माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि नेत्र अधिकारी, सामानुपातिक तर्फ गुप्त हमाललाई चयन गरेको छ । त्यस्तै प्रदेश तर्फ क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवारमा केशव कुवँर र दिपक आचार्यलाई सिफारिस गरेको छ भने क्षेत्र नं २ मा रिखिराम भुसाल, गोविन्दराज केसी र लक्ष्मण पुरीलाई सिफारिस गरिएको नेत्र अधिकारीले जानकारी दिए ।
प्रदेश तर्फकै समानुपातिक तर्फ क्षेत्र नं १ र २ मा मनरुपा शर्मा, प्रदिप थापा र दुर्गा बहादुर दर्जीको नाम सिफारिस गरिएको माओवादी केन्द्र पर्वतले जनाएको छ ।