वाम एकता समयको आवश्यकता –किराती

2253
views

असोज २० गते । एमाले, माओवादी केन्द्र र नयाँशक्ति बीचको वाम गठबन्धन समयको माग रहेको नयाँ शक्तिका युवा नेता मिलनकान्छा किराँतीले बताएका छन ।
नयाँशक्ति पार्टीनिकट अन्तराष्ट्रि नेपाली समाज कोरियाद्धारा आयोजित बडादशै, शुभदिपावली, नयाँ नेपाल सम्वत, छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम तथा वृहत भेलालाई सम्वोधन गर्दै उनले वाम एकता युगको आवश्यक्ता रहेकोले वाम गठबन्धन चुनावी तालमेल, वृहत ध्रुवीकरण र एकताको खबरले कोही पनि तरङ्गित हुन जरुरी नरहेको धारणा राखेका हुन ।
उक्त कार्यक्रममा सङ्घीय परिषद सदस्य हेमन्त पुन, समाजका सल्लाहकार सदस्य सीपी ओली, सरोज ढकाल, सुरेन्द्र बजगाई, नारायणी घर्ती मगरलगायतले शुभकामना मन्तव्यसहित आ–आफ्नो धारण राखेका थिए । समाजका महासचिव पिटरकुमार श्रेष्ठद्धारा सञ्चालित उक्त कार्यक्रमका सभापतित्व समाजका वर्तमान अध्यक्ष रमेश उप्रेतीले गरेका थिए ।