सोलमा साहित्य महोत्सव सम्पन्न, साहित्यकारहरु सम्मानित

2343
views

असोज २० गते । नेपाली साहित्य समाज दक्षिण कोरियाको आयोजनामा बृहत साहित्यिक महोत्सव सम्पन्न भएको छ । नेपालको बडादशैँ र कोरियाको ठूलो पर्व छुसकको अवसरमा अक्टोबर ३ तारेखको दिन उक्त महोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा एआरएन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ, विशेष अतिथि एनसीसी अध्यक्ष अन्जु केसि, अतिथिहरू राजनितिकर्मी यूवानेता तथा कविरसाहित्यकार मिलनकान्छा किराँती,कवि पराजित पोमु,सङ्गीतकार डिआर अटुलगायत थुप्रै संघसंस्थाबाट उपस्थित रहनुभएको थियो ।
‘यूग र जगतको प्रतिबिम्बससाहित्य’ नारा दिईएको उक्त समारोहको कविता बहशमा मिलनकान्छा किराती, पराजित पोमू, प्रमोद सारंगले बृहत बहस गर्नुभयो भने यसको सहजिकरण अन्जान काईलाद्वारा गरिएको थियो। त्यसैगरी राम कँडेल “अधिश” र देव सागरले गजलको समसामयिक बिबादहरुको बिसयमा ब्यापक छलफल चलाउनुभयो भने यसको सहजीकरण सरोज सर्वहाराद्वारा गरियो ।
त्यस्तै कार्यक्रमको अर्को चरणमा मुक्तकको बिसयमा सन्जय घिमिरेको सहजिकरणसँगै बिष्णु वाग्ले र सन्तोस अम्गाईले ब्यापक बहस गर्नुभयो । कार्यक्रममा तिनवटा पुस्तकको लोकार्पण तथा दशजना स्रस्टाहरुको सम्मान पनि गरिएको थियो ।
प्रवासमा रहेर पनि नेपाली साहित्य विकासमा टेवा दिनको निम्ती साहित्यका बिबिध बिसयमा र बिधामा छलफल चलाउदा नव सर्जकहरु लाभान्वित हुन सक्ने भन्दै यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गरिने कुरा सभापती एवं आयोजक संस्थाका अध्यक्ष यल्जी विवशद्वारा जानकारी गराईयो ।
करिब डेढ सय स्रस्टाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमोद सारङ, मिलनकान्छा किराती, पराजित पोमु, जिवन खत्री, बोनम प्रताप, कृस गुल्मेली बाबु, मन्जु गुरुङ, कोरियन कवि कोम ह्यङ ह्यो, धरती कल्पना र डि आर अटु सम्मानित हुनुभएको थियो ।