एमाले पर्वतः आकाँक्षीको नाम समेत केन्द्रमा सिफारिस

2274
views

महेन्द्र जिसी
पर्वत, २० असोज । विवाद सुल्झाउन केन्द्रमे महेन्द्र जिसी असोज २० पर्वत । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला स्थित तालमेलमा रहेका दलहरुले छुटटा छुटटै उमेदवारको नामावली सार्वजनिक गरेका हुन ।
नेकपा एमालेका दुवै क्षेत्रीय कमिटिले आकांक्षी उम्मेदवारुको नाम जिल्ला कमिटिमा सिफारीस गरेको छ । क्षेत्र नं. १ ले ७ जना र क्षेत्र नं. २ वाट १३ जना उम्मेदवारको नाम सफिारीस भएको पर्वत एमालले जनाएको हो ।
जिल्ला कमिटि वैठकले दुवै क्षेत्रिय कमिटिको निर्णयमाथि छलफलसँगै उम्मेदवार टुंगो लगाउने एमाले पर्वतका अध्यक्ष पदम गिरीले जानकारी दिनुभयो । पर्वतमा एमाले पार्टी कार्यालयका अनुसार एमाले पोलिटव्यूरो सदस्य गणेशप्रसाद तिमिल्सिनालाई प्रदेश नम्वर ४ को मुख्य मन्त्रीमा प्रस्तावित गरेको छ ।
त्यस्तै प्रदेशतर्फ जिल्ला अध्यक्ष पदम गिरी, उपाध्यक्ष भक्त कुँवर, बाबुराम सुवेदी र उदय सुवेदी तथा लक्ष्मी सुनार र सरिता भण्डारी सरुले उमेदवारीको दरखास्त दिएका हुन । त्यस्तै संघमा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश पौडेल र सांसद विकास लम्सालको उम्मेदवारी केन्द्रमा पठाएको जनाएको छ ।
समानुपातीकमा पनि यिनै मध्येका उम्मेदवारलाई समायोजन गरिने पार्टीले जनाएको हो । त्यस्तै क्षेत्र नं. २ बाट पनि प्रतिनीधि सभाका लागि सांसद विकास लम्साल सिफारीस हुनुभएको छ भने प्रदेशका लागि मोती पौडेल, देवेन्द्रराज पाण्डे, पुर्ण गौतम, वैकुण्ठ भुसाल, हरिकुमार श्रेष्ठ, सुन्दर भुसाल, भक्तराज सुवेदी, उमाकान्त सुवेदी, पुष्पराज पौडेल, देविप्रसाद बस्याल, कमलाकुमारी श्रेष्ठ र सुरक्षा लामिछानेको उमेदवारी सिफारीस भएको पार्टी कार्यालयले जनाएको छ ।