पूर्व डिआईजी सिलवाल राजीनामा स्विकृत नहुँदै एमालेमा प्रवेश

2043
views

काठमाण्डौ, २० असोज । नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका खादा र अविर लगाउँदै एमालेमा प्रवेश गराएका छन् । सिलवालले पदबाट दिएको राजीनामा भने अझै स्वीकृत भएको छैन ।
नेपाल प्रहरीको महानिरीक्षकको दौडमा रहेका सिलवाल भन्दा वरियताक्रममा पछि रहेका जयबहादुर चन्दलाई सरकारले महानिरीक्षक बनाएपछि सर्वोच्च अदालत पुगेका थिए । अब भने राजनीतिक यात्रा शुरु भएको छ ।
कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले चन्दको ठाउँमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएपछि उनी फेरि अदालत पुगेका थिए । तर, सर्वोच्चले सरकारी निर्णयलाई सदर गर्दै उनको मुद्दा खारेज गरिदिएपछि सिलवालले डीआईजी पदबाट राजीनामा दिएका थिए ।
सिलवाल एमालेमा प्रवेश गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलिले तपाईको राजनीतिक यात्रा शुरु भयो भन्दै खुसी व्यक्त गरेका थिए ।