फुटबलर रुनीलाई यो कस्तो जरीवाना ?

मापसे सेवन गरी गाडी चलाउँदा एकसय घण्टा सामाजिक काम

2126
views

लन्डन, २१, असोज २१ । चर्चित फुटबलर वायने रुनीले सामाजिक सेवा अन्तर्गत एउटा पार्कको बेञ्च रङरोगनको काम सुरु गरेका छन् । मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई जरिवानास्वरुप एक सय घण्टा सामाजिक काममा परिचालन गरिएको हो ।
इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी रुनीले सवारी चालकका लागि निर्धारित मापदण्डभन्दा तीन गुणा बढी मदिरा सेवन गरेर सवारी चलाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
आफ्नो घरबाट करिब तीन माइलको दुरीमा रहेको एउटा पार्कको बेञ्च रङरोगनको काममा उनी खटिएको बताइएको छ । रुनी हाल व्यावसायिक फुटबल क्लव इभर्टनबाट खेल्दै आएका छन् । उनले अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन् । (एजेन्सी)