सिराहबाट एमाले अध्यक्ष केपी ओलीको नाम सिफारिस

610
views

नवदृष्टि संवाददाता
सिरहा, २२ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट सिफारिस भएको छ ।

एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले बताए ।

यस्तै एमालेको क्षेत्रीय कमिटीले प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं १ बाट राजेन्द्र चौधरी र प्रदेशसभा क्षेत्र नं २ बाट अशोक यादवको नाम सिफारिस भएको एमाले सिरहाले जनाएको छ ।

प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र कायम भएको सिरहाका अन्य तीन क्षेत्रमा भने उम्मेदवारको नाम सिफारिस हुन नसकेको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले जानकारी दिए ।