बिरामी भन्छन्ः पर्वत जिल्ला अस्पतालका उपकरण कहिले सप्रिन्छन ?

880
views

महेन्द्र जिसी
पर्वत, २२ असोज । जिल्ला अस्पताल पर्वतमा एक्सरे सेवा रोकिएको छ । गतबर्ष देखी एम्बुलेन्सको अभाव झेलिरहेको अस्पतालले अस्पतालमा भएको एउटा एक्सरे मेसीन विग्रिएपछि सेवा रोकिएको हो । अस्पतालले एकबर्ष अघि अप्रेसन सेवा सुचारु गरेपनि उपकरणमा कम्जोर बनेपछि समस्या उत्पन्न भएको हो ।

अस्पतालले एम्बुलेन्स र एक्सरे मेसीन बनाउन नसकेपछि सर्वसाधरणले सो सेबाबाट बञ्चिितिमा परेका छन् । अस्पतालबाट सर्वसाधरणले वडापत्रमा उल्लेख गरे अनुरुपको सेवा पाउन सकेका छैनन ।

अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रमुखको लापरवाहीका कारण सेवा दिन नसकीएको कर्मचारीहरुले बताएका छन । अस्पतालमा सेवा अवरुद्ध भएपछि निजि क्लिनिकहरुमा बिरामीको चप बढेको छ ।

सरकारी अस्पतलमा आएका बिरामीहरु सेवा नपाएपछि क्लिनिमा फर्किन बाद्य बनेका छन् । एम्बुलेन्स र एक्सरे मेसीन सहीत अन्य ल्यावका उपकरणहरुको मर्मत हुन नसकेपछि कर्मचारीहरु समेत हैरानीमा परेको अस्पतालमा कार्यरत एक कर्मचारीले बताए ।

कार्यालय प्रमुख विभिन्न बाहानामा जिल्ला बाहीर हुने र व्यवस्थापन समीतीले आवश्यक निग्रानी नगर्ने भएपछि सरकारी अस्पतालप्रति सर्वसाधरणको विश्वास घट्दै गएको छ ।

अस्पताल व्यवस्थापन समिति पर्वतका अध्यक्ष राधा कुँवर क्षेत्रीले आँफु सेवा सुधारको पहलमा रहेको बताउँदै एम्बुलेन्स र एक्सरे मेसीनको मर्मतका लागि पहल भईरहको बताउनु भयो ।

उपचाका लागि आउने बिरामीहरु निजि महंगा औषधी पसलहरुमा पुगेर उपचार गर्न बाद्य बनेको बताउँदै बिरामीहरु भन्छन् अस्पतालको उपकरण कहिले सप्रिन्छ ?