फरार अपराधीलाई पक्राउ गरी अदालत र प्रशासनमा बुझाईयो

1714
views

पर्वत, २३ असोज । जिल्ला प्रहरी कार्यालय पर्वतद्धारा दण्ड जरिवानामा रहेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गरी कारागर चलान गरेको छ । कार्यालय तथा मातहतका प्रहरी ईकाईको सहयोगमा पक्राउ अभियुक्तलाई  कारवाहिको लागी जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय पर्वतमा बुझाईएको छ ।
कुनपा १ का बल बाहदुर अधिकारी, दिपेन्द्र अधिकारी र प्रकाश अधिकारी केही सार्वजनिक अपराधमा परेकामा असोज ४ गते पक्राउ परेका हुन भने कर्तव्य ज्यानमा फरार कुनपा ९ का अर्जुन वैरागी यही असोज १८ गते र जलजला गा.पा.– ५  का सुरेस किसान हातहतियार खरखजाना मुद्धामा पक्राउ परेकोमा असोज २० गते वुझाईएको छ ।
जलजला गापा ५ का प्रेम व फकामी कर्तव्य ज्यानमा पक्राउ परेका थिए । उनी पनि सोही दिन बुझाईएका छन । पर्वत कुनपा ७ का कृष्ण नन्द शर्मा जि केही सार्वजनिक अपराधमा पक्राउ परेकोमा असोज २० गते अदालतमा वुझाईएका छन । पर्वत जलजला ७ का ऋषिराम आचार्य बिना ईजाजत सालको रुख काटेको आरोपमा थुनामा परेकोमा आज र कुनपा ९ का अनिल जोशी केही सार्वाजनिक अपराधमा परेकोमा आज नै अदालतमा बुझाईएका छन ।
यस्तै कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त अर्जुन बैरागी सम्वन्धमा पर्वत जिल्ला साविक कटुवा चौपारी वडा न ४ को हाल कुश्मा नगरपालिका वडा न १ वस्ने वर्ष ३३ का बैरागी जन्म कैद ठहरी भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।