पर्वतमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता

791
views

पर्वत, कार्तिक १६ ।आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्वतबाट बाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभा र प्रदेशसभाका उमेदवारको उत्साहका साथ उम्मेदवारी दर्ता गराईएको छ । उम्मेदवारी दर्ताका क्रममा वाम गठबन्धनले कार्यकर्ता सहितको र्यालीले बजार परिक्रमा पछि बडागाउँमा पुगेर कोण सभा पछि जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । कोणसभालाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश प्रसाद तिमिल्सीना, उम्मेदवारहरु पदम गिरी, नेत्र अधिकारी र विकास लम्सालले सम्बोधन गरेका थिए । बाम गठबन्धनका तर्फबाट एक वटा मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा प्रतिनिधी सभाका लागि एमालेका जिल्ला अध्यक्ष पदम गिरी उम्मेद्वारी रहेको छ भने नेपाली कांग्रेसका तर्फबाट केन्द्रिय सदस्य तथा पुर्व साँसद अर्जुनप्रसाद जोशीले नै प्रतिष्पर्धा गरेका छन ।
प्रदेशसभामा बाम गठबन्धनको तर्फबाट प्रदेश क मा नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी र क्षेत्र नं २ मा नेकपा(एमाले)का प्रदेश कमिटी सदस्य तथा पुर्व सांंसद बिकास लम्सालको उम्मेदवारी रहेको छ । । काँग्रेसकोतर्फबाट नवराज गुरुङ र राजेन्द्र तिवारीले प्रदेशका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

नेकपा(एमाले)को बुधबार बसेको स्थायी कमिटी बैठकले संघ र प्रदेशका उम्मेदवारको टुंगो लगाएको हो भने माओबादी केन्द्रका तर्फबाट पार्टी हेडक्वाटरले उम्मेदवारको टुंगो लगाएको थियो ।
बाम गठबन्धनको तर्फबाट एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सीना, केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, पुर्व साँसदहरु कल्पना चापागाई र बिकास लम्साल प्रतिनिधीसभाको उम्मेदवारका लागि दाबेदार रहेका थिए । पार्टी स्थायी समितिले युवा नेता पदम गिरीलाई प्रतिष्पर्धामा उतारेको छ ।

नेपाली कांग्रेसले यस अघि पर्वत क्षेत्र नं १ बाट तीन पटक सम्म चुनाब जितेर ह्याट्रिक गरिसकेका अर्जुनप्रसाद जोशीलाई नै चौथो पटक उमेदवार बनाएपछि संसदीय राजनितीमा इन्ट्री गर्न खोजेका एमाले अध्यक्ष पदम गिरी र ह्याट्रिक गरि सकेका जोशीका बिच रोचक भिडन्त हुने अनुमान गरिएको छ।
युवाहरुका बिचमा असाध्यै लोकप्रिय छबि बनाएका एमाले अध्यक्ष गिरीलाई अन्य पेशा ब्याबसायी र सर्वसारणले समेत आशा लाग्दा नेताको रुपमा हेरिरहेका छन भने तीन तीन पटक चुनाब जिती सकेका जोशी चुनाबी रणनिती बनाउने खेलाडी कै रुपमा परिचित छन । गिरी र जोशीको उम्मेद्वारी पछि पर्वतमा रोचक र हेर्न लायक चुनाबी प्रतिष्पर्धा हुने चर्चा शुरु भएको छ । यद्यपी गत स्थानिय चुनाबमा प्राप्त मत तथा बाम गठबन्धन भएको अवस्थामा जोशी भन्दा गिरी अगाडी देखिएका छन ।

गिरी नेकपा एमालेको अघिल्लो जिल्ला अधिवेशनवाट जिल्ला अध्यक्ष निर्वा्चित भएका हुन् । बिद्यार्थी राजनितीबाट पार्टी राजनितीमा आएका एमाले अध्यक्ष गिरी यस अघि पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियू सभापति भएका थिए ।नेपाली कांग्रेस पर्वतमा १६ बर्ष जिल्ला सभापति तथा तीन कार्यकाल केन्द्रिय सदस्य भैसकेका जोशी संसदीय निर्वाचनमा ह्याट्रिक गर्ने कांग्रेसका थोरै नेताहरु भित्र पर्छन ।
आगामी निर्वाचनका लागि पर्वतमा एक लाख ७ हजार तीन सय मतदाता कायाम भएका छन् ।