जीप दुर्घटना हुँदा तीनको मृत्यु

1334
views

नवदृष्टि संवाददाता
डोटी, १८ कार्तिक । डोटीमा जीप दुर्घटनामा परि तीनजनाको ज्यान गएको छ । डोटीको केआईसी गाउँपालिका देउरडीमा भएको से १ ज २६५ नम्बरको शैलेश्वरी यातायातको बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ८ जना घाइते भएका छन् । जीपमा ११ जना यात्रु रहेका थिए । जीप देउरडीबाट दिपायलतर्फ आउँदै गरेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।