वाम एकै ठाम हुँदा पनि चुनावी सकस, यस्तो छ पर्वतमा प्रतिष्पर्धीको नालीबेली

861
views

महेन्द्र जिसी
पर्वत, १८ कार्तिक । पर्वतमा वाम एकै ठाम हुँदा पनि मुख्य प्रतिष्पर्धामा नेपाली काँग्रेस नै देखिएको छ । विहिबार मनोनयन दर्ताको शक्ति प्रर्दशनले पनि वाम गठवन्धनको मुटु हलाईसकेको छ ।

मनोनयन दर्तापछि चुनावी प्रचारमा लागेका प्रतिष्पर्धी दलहरुका विजयी बन्ने आ–आफ्नै तर्कहरु रहेका छन् । प्रतिनीधि सभाको उम्ेदवारी दिएका नेपाली काँग्रेस पर्वतका अर्जुन प्रसाद जोशी प्रतिष्पर्धाको केन्द्र विन्दु बनेका छन् ।

जोशी ०५६ सालको प्रतिनिधिसभा सदस्य, ०६४ र ०७० सालको संविधान सभा निर्वाचनमा पर्वत–१ बाट निर्वाचित हुन् । उनी ०४८ सालदेखि काँग्रेस पर्वतको १६ बर्ष सभापति भएर राष्ट्रिय राजनीतिमा पुगेका हुन । तीन पटक काँग्रेसको केन्द्रीय सदस्य भइसकेका जोशी पर्वतका आफु विकासवादी नेता भएको दाबी गर्दछन् । गाउँगाउँमा पूर्वाधारसहितको स्वास्थ्य चौकी पु¥याउन, सडक बिस्तार, विद्युतिकरण, खानेपानी, सिंचाईको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले विकास निर्माणलाई जनतासँग जोड्न पर्ने मान्यता राख्दै आएका छन् ।

यता बामगठबन्धनका प्रतिनीधि सभाका उमेदवार पदम गिरी एमाले पर्वतका अध्यक्ष हुन् । उनी पृथ्बीनारायण क्याम्पस पोखराका पूर्वस्ववियू सभापति हुँदै जिल्लाको राजनीतिमा लागेका हुन् । पर्वत क बाट प्रदेशसभामा आकांक्षा राखेका गिरीले निवर्तमान सांसद विकास लम्साल, एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सिना र अनुसासन आयोगका सदस्य गणेश शर्मा पौडेलबिचको टकरावले प्रतिनिधिसभाको टिकट हत्याउन सफल बनेका छन् ।

०७० सालको संविधानसभा निर्वाचनमा बिजयी भएका र दुई पटक पार्टी अध्यक्ष भइसकेका नेता विकास लम्साललाई प्रतिनिधिसभामा टिकट नदिएर गिरीलाई टिकट दिएपछि नेकपा एमालेका कार्यकर्ता भित्र ठूलै बहस उत्पन्न भएको छ ।

पर्वत क मा उम्मेदवारी दिएका काँग्रेसका नवराज गुरुङ काँग्रेस पर्वतका पूर्वसभापति हुन् । गुरुङ केन्द्रमा राम्रो पहुँच भएका कारण विकास निर्माणका योजना सहज रुपमा जिल्लामा भित्राउन सक्ने नेताका रुपमा परिचित छन् ।

यता पर्वत क उमेद्धवारी दिएका बामगठबन्धनका नेत्र अधिकारी ०७० सालमा पर्वत–१ बाट संविधानसभा निर्वाचनमा तेस्रो बनेका थिए । राजनीतिमा ईमान्दार छवि बनाउन सफल अधिकारीको चर्चा निकै देखिएको छ ।

पर्वत ख मा उम्मेदवारी दिएका काँग्रेसका राजेन्द्र तिवारी युवा नेताका रुपामा परिचित छन् । उनी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

वाम गठबन्धनका लम्साल ०७० सालमा एमालेबाट पर्वत–२ मा निर्वाचित नेता हुन् । पछिल्लो समयमा लम्साल पार्टीभित्र विवादीत बनेका छन् । उनलाई पारीवारीक राजनीतिलाई केन्द्र बनाउने नेताका रुपमा कार्यकर्ताले टिप्पणी गर्दै आएका छन् ।