सहोदर बहिनीको नजरमा यस्ता छन् कोमल वलीका ४ गल्ती

1047
views

-मेरी दीदीलाई यो बहिनीको काठमाडौँबाट सम्झना
सञ्चै आरामै छौँ ? जब तिमी राजनीतिमार्फत देश र जनताको सेवा गर्छु भनेर हाम फाल्यौँ तिम्रो र मेरो दैनिक हुने भेटघाट आजभोलि पातलिएको छ । फोनमा हुने संवाद हराएको छ । तिम्रो व्यस्ततालाई मैले बुझिदिनु पर्छ । त्यसैले सार्वजनिक रुपमै तिमीलाई चिठी लेख्दै छु । आशा छ अवश्य समय मिलाएर पढ्ने छौँ ।
दिज्यू, तिमी गाउको एउटा साधारण परिवारमा जन्मिनु पहिलो गल्ती, तिमी कलाकार भएर सबैलाई मनोरंजन दिनु,चर्चा पाउनु दोस्रो गल्ती, अनी तिमि देशबिदेश गीत गाउदै हिडन छोडेर राजनीति मार्फत देश र जनताको मुहार फेर्छु भनेर सोच्नु तेस्रो ठूलो गल्ती ।
दिज्जू यहाँ बर्षौदेखि राजनीति पार्टीमा लागेकाहरू भर्खर केहि बर्ष मात्रै त भयो नि पजेरो चढ़ने भएका, भर्खर त आफ्ना र आफन्तका नाममा बिभिन्न बंगला र टावरहरु बनाउदै छन ! ए मेरी दीदी तिमि किन बुझदिनौ ? नेपालको सन्दर्भमा राजनीती भनेको ( कमाई खाने, भजाई खाने, ठगी खाने भाँडो हो भनेर, जनता मारेर नेता धनी हुने देश हो भनेर, नैतिकताको राजनीती कहाँ छ र यहा‘ं ? यो सिद्धान्त त तिम्रो होइन, अनि कसरी मार्छेयौ आफ्नो इमान्दारिता र निष्ठालाई यो फोहोरी राजनीतिमा लाग्नको लागि ?
त्यसमाथि महिलाहरुलाई हेर्ने दृश्टिकोण र गर्ने ब्यबहार को त कुरै नगरौं ! यहाँ राजनीतीको “र“ नजाने पनि आफ्ना श्रीमती, नातेपाते जति चाही सबै सक्षम हुन्छन्, यहाँ बोलाई र गराई फरक हुन्छ, अरबौ रकम तिरेर सभासद र मन्त्री हुने देशमा, बिदेशी भूमिमा बसेर नेपाल डलर पठाएर पार्टी फुटाउने देशमा, तिमि निष्ठा र इमान्दारिताको राजनीती गर्न खोज्दै छौ ! राजनीति त भ्रस्टाचारी, काला ब्यापारी, नेताहरुको पेवा सम्पति पो हो ।
दि, मैले त तिमीलाई भनेकै थिए यो सतिले सरापेको देश हो, त्यसमाथि महिलाको लागि राजनीति नेपालमा के कुरा अमेरिकामा हिलरी क्लिंटनको लागि समेत फलामको चिउरा चपाउनु सरह भयो ! दिज्जू मैले त तिमीलाई भनेकै थिए तिम्रो लागि राजनीती होइन भनेर तर तिमि पनि जिद्दी छौ किनकी आज यो स्थान सम्म तिमि कसैको कृपाले आएको पनि त होइनौ, त्यसैले हरेक देशभक्त नेपालीले झै तिमीले पनि यो देश र सीटामोल नपाएर मर्न बाध्य जनताको बारेमा चिन्ता लिन्छौ, दिज्जू तिमीले गल्ती गर्यौ ।
यो देशको बारेमा सोचेर, यो देश, राम्रो सोच्ने, राम्रो गर्नेहरुको लागि हुँदै होइन, तिमीले चाहेको भए आज बिदेशमा बसेर सुखको जिÞन्दगी बिताउन सक्थ्यौ, तर तिमी आफ्नो सुख हैन दुःखी नेपालीहरुको बारेमा सोचेर बस्यौ, यो नै तिम्रो चौथो ठूलो गल्ती । त्यसैले फेरि भन्छु, ए मेरी दीदी ! नेपालमा राजनीती त भ्रस्टाचारी, काला ब्यापारी र नेताहरुको पेवा सम्पति पो हो !
म त तिम्रो बहिनी हूँ मेरो हर सास तिम्रो प्रगतिको कामना गर्दै फेर्ने छू र मलाई बिस्वास छ सत्य, सत्कर्म, निष्ठा र इमान्दारितालाई पुज्नेहरुले पनि तिम्रो जय होस भन्नेछन ! नआत्तिनु सत्त्य र सत्कर्म गर्न चाहनेको एकदिन अबस्य बिजय हुन्छ । बिजयी भव जय होस सत्यको, जयहोस तिम्रो र जयहोस नेपाल आमाको ।

उही तिम्री प्यारी बहिनी
प्रज्ञा सरद