साम्यवादी कम्युनिष्ट व्यवस्था आए जनअधिकार गुम्छ- सिंह

852
views

काडमाण्डौ, १८ कातिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले र माओवादी केन्द्रले दश वर्षभित्र मुलुकमा साम्यवादी कम्युनिष्ट व्यवस्था ल्याउने घोषणा विरुद्ध लोकतन्त्रवादी शक्ति गम्भीर हुुनपर्ने बताए ।
काठमाडौं क्षेत्र नं. १ अन्तर्गत शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले एमाले र माओवादीको साम्यवादी व्यवस्था ल्याउने योजनालाई नेपाली जनताले रोक्नुपर्ने बताए ।
नेता सिंहले भने ‘दश बर्षभित्र साम्यवादी व्यवस्था ल्याउने भनेर एमाले र माओवादी केन्द्रले सहमति गरेका छन्, मुलुकमा साम्यवादी कम्युनिष्ट व्यवस्था आयो भने जनताको सबै हकअधिकार गुम्छ ।’
साम्यवादी व्यवस्था विश्वभरिबाट किन पतन भयो भन्ने कुरा एमाले र माओवादी केन्द्रलाई सोँच्न नेता सिंहले सुझाव दिए । ‘साम्यवादी कम्युनिष्ट व्यवस्था व्यक्तिको जन्मसिद्ध अधिकार विरुद्धको कुरा हो’, उनले भने, ‘जनताको अधिकार छिन्ने । एकदलीय शासन व्यवस्था ल्याउने । सबै कुरा केन्द्रबाट नियन्त्रण गर्ने । कम्युनिष्टहरूले बिरोधीलाई बोल्न नदिएर निषेध गर्नेसम्मका कार्य गर्ने छन् ।’