भारतीय सुटर पोखरामा पक्राउ

923
views

पोखरा, १८ कार्तिक । कास्की प्रहरीले शुक्रबार पोखरामा भारतीय सुटरलाई पक्राउ गरेको छ । सिद्धार्थ चोकबाट कास्की प्रहरीले ४ जनाको समूहमा भारतीय नागरिक पक्राउ गरेको हो । पक्राउ परेकामध्ये ३ जना भारतको राजस्थानमा आतंक मच्चाएका अपराधी हुन् ।
असुलीदेखि हत्यासम्मको आरोपका दर्जनौं मुद्दा लागेका उनिहरु मध्ये ३ जना भारतीय र १ जना पोखराका हुन् । ती ३ जना भारतीय सुटरलाई ४ वटा हत्याको अरोप छ भने असुलीका मुद्दा २५ भन्दा धेरै ।
दारी पालेका भारतीय नागरिक सामान किन्न आएका थिए । त्यत्तिकैमा केही मान्छे आएर उनीहरुलाई पेस्तोल देखाएर समाते पोखराका एकजनान प्रत्यक्षदर्शीले भने । लुट्न आएको होलान भनेका त प्रहरीले पक्राउ गरेको रहेछ पछि पो थाहा भो ।’
भारतको राजस्थान प्रहरीले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोलाई उनीहरुको बारेमा खबर गरेको थियो । त्यसपछि कास्की प्रहरीको सहयोगमा उनीहरुलाई शुक्रबार पोखराबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेका भारतीयलाई काठमाडौं प्रहरीको सहयोगमा भारत प्रहरीलाई बुझाउने १ प्रहरी अधिकृतले बताए । पक्राउ परेको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले प्रतिक्रिया दिन चाहेनन् । ‘त्यस्तो कुनै व्यक्ति पक्राउ नपरेको सिंहको भनाई छ ।