पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई १५ दिने अल्टिमेटम

1310
views

काठमाण्डौ, २० कात्तिक । पूर्व राष्ट्रपतिलाई डा. रामवरण यादवलाई १५ दिने अलिटमेटमले सताएको छ । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव बस्दै आएको ललितपुर महानगरपालिका–४ बागडोलका घरधनी रविभक्त विष्टले एक सूचना प्रकाशित गरी आफ्नो घर खाली गरिदिन आग्रह गरेका छन् ।
घरधनी विष्टले गत साउन १ गतेदेखि राष्ट्रपति कार्यालय तथा पूर्व राष्ट्रपतिबाट घर वहाल स्म्बन्धी सम्झौता नविकरण नगरेको र बिल भुक्तानी नगरेको सूचनामा उल्लेख गरेका छन् ।
सूचनामा ‘ललितपुर महानगरपालिका वडा नं ४ बागडोल स्थित घर कम्पाउण्डमा तपाई पूर्व राष्ट्रपति डा. रामवरण यादवज्यू्ूलाई आवास सुविधा उपलब्ध गराउँदै आएकोमा मिति २०७४ साउन १ गतेदेखि घर बहाल स्म्झौता नविकरण नगरी बहाल रकम तथा बिजुलीको बिल रकम समेत भुक्तानी नगरी जवरजस्ती रुपमा बसाउने कार्य भैरहेको हुँदा राष्ट्रपति कार्यालय शितल निवास तथा पूर्वराष्ट्रपतिज्यूलाई समेत पटकपटक घर खाली गर्न लिखित सूचना दिदा समेत घर कम्पाउण्ड खाली नभएकाले पुनः यो सूचना प्रकाशित गरिएको छ ।’
घरबेटी समेत रहेका विष्टले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड खाली गरी २०७४ साउन १ देखि घर खाली गरी घर बहाल तथा बिजुलीको बिल बमोजिमको रकम उपलब्ध गराई दिन आग्रह गरेका छन् ।