यो “भुमि“ हिटलर बन्यो भने (भिडियो सहित)

990
views

-गजल-

 

यो चोखो प्रेम अन्यायसै बौलाएर बगर बन्यो भने ।
जस्ले पनि उठाउन सक्छ बालुवाको घर बन्यो भने ।।

मान्छेले मान्छेको पीडा त्यो बेला बुझने छ बल्ल ।
जब महलहरु भत्किएर झुपडीको सहर बन्यो भने ।।

यो स्वार्थी सहरमा तिमीले मलाई स्विकार गर्दा ।
छक्क पर्नेछ दुनिया तिम्रो मेरो सफर बन्यो भने ।।

मलाई हेर्ने समाज पक्कै पनि बौलाएको हुने छ ।
यो “भुमि“ पनि राता रातमै हिटलर बन्यो भने ।।।

लेखकःभुमि सुवेदी