हलो जोतेर घरदैलो अभियान गर्दै उम्मेदवार

1427
views

पर्वत । जनयुद्धका समयमा सर्वसाधारणको घरमा हलो जोत्ने, मल बोक्ने, खेत खन्ने र सर्वसाधारणकै परिवार भएर माओवादी नेताहरुले ज्यान जोगाउँथे । सेना प्रहरीको धरपकडबाट बाँच्थे, जोगिन्थे पनि । कहिले डोका बुन्ने त कहिले मल बोक्ने माओवादी नेता कार्यकर्ताको दैनिकी जस्तै हुन्थ्यो ।पर्वत क्षेत्र नं ‘क’ बाट प्रदेश सभामा वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नेत्र अधिकारीले हलो जोतेर चुनावी अभियानको थालनी गरेका हुन् ।
अधिकारीले घरदैलो अभियानलाई हलो जोतेर उद्घाटन गरेका हुन् । पर्वतमा सरल, निष्ठावान र ईमान्दार छवि बनाएका अधिकारीलाई प्रायले चिन्दछन् ।

शान्तिकालमा फर्किएको माओवादीका जिल्ला स्तरका नेताहरुले परिश्रमलाई प्रमुखमा राख्ने गर्दथे । उनीहरु गल, गैंची र बेल्चा बोकेर सडक निर्माणमा समेत जुटेका कैयौं उदाहरणहरु छन् । कुर्घा–पाङराङको सडक, नेपाल तारा उच्च माद्यमिक विद्यालयको खेलमैदान, सरौंखोलाको सिञ्चाई कुलो लगायतका थुप्रै कामहरुमा माओवादी नेताहरुले गैची र बेल्चा बोकेर श्रमदान गरेका ति उदाहरणहरु ताजै छन् ।‘हामी श्रमिक वर्गलाई पहिलो स्थानमा राख्ने गर्दछौ, त्यसकारण मैले हलो जोतेर घरदैलो अभियानको उद्घाटन गरें अधिकारीको भनाई थियो ।

आर्थिक समृद्धि र विकासका निम्त्ति नेता कार्यकर्ता जनता सबैले राष्ट्रको लागि श्रम र त्याग गर्नैपर्दछ उनेले थपे ।’ ०७० सालमा पर्वत–१ बाट संविधानसभा निर्वाचनमा तेस्रो बनेका अधिकारीले जनताको पक्षमा काम गर्ने मौका दिन समेत सर्वसाधारणसँग आग्रह गरे ।