कोइरालाको चुनावी नाराः प्रदेश १ को राजधानी विराटनगर

1108
views

काठमाडौं । मोरङ ६ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगरलाई प्रदेशको राजधानी र फुसको छाना भएका घरधुरीलाई जस्तापाता सहित चुनावी नारा बनाएका छन् ।
डा. कोईरालाले आफु निर्वाचित भए पनि र नभएपनि पहिलो प्राथमिकतामा राजधानी र जस्तापाता रहेको प्रतिबद्धता जनाउका छन् ।
कोइरालाको प्रतिबद्धतापत्रमा विराटनगरलाई प्रदेश १ को राजधानी बनाउने उल्लेख गरिएको छ । ‘विराटनगर र यसको सेरोफेरोलाई प्रदेशको राजधानी बनाउनेछौ,’ प्रदेश र स्थानीय शीर्षकको पहिलो प्रतिबद्धतामा उल्लेख गरिएको छ ।
डा.कोईरालाले राजनीतिको राजधानी विराटनगर रहेको पूरानो साख फर्काउने प्रतिबद्धता गर्दै प्रदेश १ को राजधानी सुनसरीको तरहरा वा इटहरी बनाइनुपर्ने अन्य दलको प्रस्तावलाई खारेज गर्न आफु नै निर्वाचित हुनुपर्ने बताए ।
यसैगरी कोइरालाले फुसको घर भएकालाई पाँच बर्षभित्रमा जस्तापाताले विस्थापित गर्ने पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्ने कार्यक्रम अघि समेत सारेका छन् । साथै प्रवेशिका परीक्षामा ७५ प्रतिशत अंक ल्याउने विद्यार्थीलाई ल्यापटप र जातीय संग्राहलय बनाउने प्रतिबद्धता पनि कोईरालाले गरेका छन् ।
उनले मधेशी जनता, महिला, पिछडा वर्गको राजनीतिक अधिकारका साथै आर्थिक समृद्धिको आकंक्षा पूरा गर्न आफू मोरङका जनताको साथमा आएको उल्लेख गर्दै संविधान संशोधनमार्फत यो अडान पुरा गरिछाड्ने बताएका छन् । कोइरालाका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट एमाले नेता लालबाबु पण्डित छन् ।