कपिलबस्तुमा बीमा कार्यक्रम प्रभावकारी भएन

666
views

नवदृष्टि संवाददाता
कपिलवस्तु, २१, कात्तिक । कपिलवस्तुमा कृषि तथा पशु बीमा कार्यक्रम खासै प्रभावकारी भएको छैन् । सरकारी सहुलियतलाई कषकहरुले चासो नदेखाउँदा प्रभावकारी हुन नसकेको हो । यहाँ दुई प्रतिशत कृषकले मात्र बीमा गरेको कृषि तथा पशु कार्यालयको तथ्याङ्कले जनाएको छ ।
सरकारले बीमामा ९० प्रतिशत अनुदान दिने गरेपनि हालसम्म किसानले यसबारे चासो नदेखाएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख खुर्शेद अहमद खानले जानकारी दिए
जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्क अनुसार हाल १० लाख ९७ हजार चार सय पशु रहेका छन् तर अहिलेसम्म १८० वटा पशुको मात्र बीमा गरिएको पशु विकास अधिकृत राजकिशोर यादवले बताए कपिलवस्तुमा ५४० हेक्टरमा माछापालन गरिने भए पनि जम्मा १८ हेक्टर क्षेत्रफलमा पालिएका माछाको बीमा गरिएको मत्स्य विकास अधिकृत विष्णु खनालले बताए ।
पशु बीमा गर्दा कुनै कारणबाट पशुको मुत्युभएमा बीमाले सो पशुको बीमा रकमको ९० प्रतिशत रकम किसानलाई दिन्छ तर पशु बीमाको थोरै रकम पनि बुझाउन हिचकिच्याएपछि बेलाबेलामा ठूलै नोक्सान व्यहोर्न कृषक बाध्य छन् । ‘कृषकले एक लाख रुपियाँको बीमा गर्दा उसले मात्र एक हजार दुई सय ५० रुपियाँ बुझाउनुपर्छ, बाँकी सरकारले व्यहोर्छ ।’