सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति आवश्यक र सम्भव-बैद्य

787
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, २१, कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ ले नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति आवश्यक तथा सम्भव दुवै रहेको बताउनुभएको छ ।
अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको तयारीको दिशामा गम्भीरतापूर्वक तथा प्रभावकारी रुपमा अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
विज्ञप्तिमा ‘माक्र्सले पेरिस कम्युनका सन्दर्भमा भनेझैँ अक्टोबर क्रान्तिका सिद्धान्त शाश्वत र अविनाशी छन्, जबसम्म विश्व सर्वहारा वर्ग र उत्पीडित मानव जातिको मुक्ति हुँदैन, तबसम्म अक्टोबर क्रान्तिका सिद्धान्त बारम्बार प्रकट भइरहने छन् ।’
साम्यवादको अहिलेको पराजय अस्थायी तथा क्षणिक भएको तथा साम्राज्यवाद गम्भीर संकटमा फसिरहेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह मनाउनुको सार्थकता र वास्तविक मूल्य साम्राज्यवाद तथा विस्तारवादसहित सबै खाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध लड्नुरहेको महासचिव वैद्यले जोड दिनुभएको छ ।