कास्कीकोटमा होमस्टे सम्वन्धि चारदिने तालिम सुरु

1014
views

चन्द्रश्वर बस्ताकोटी
पोखरा, २२ गते । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोट स्थित भुजेलगाउँ सामुदायिक होमस्टे र प्रस्तावित चिलिमडाँडा सामुदायिक होमस्टेका सदस्यहरुलाई ४ दिने होमस्टे (घरबास) सम्वन्धी तालिम मंगलबार देखी वडा नम्वर २४ को कार्यालयमा सुरु भएको छ ।

ब्यानरमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४का वडा अध्यक्ष ओम प्रसाद सुबेदीले हस्ताक्षर गरि उद्घाटन गरिएको कार्यक्रममा काठमाण्डौ ताहचल स्थित तारागाउँ विकास समितिका जगदीश प्रसाद श्रेष्ठ र मदन गोपाल बानियाँले तालिमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

प्रमुख अतिथि वडा अध्यक्ष सुवेदीले होमस्टेको बिकास र यस्ता तालिमले स्वरोजगार मार्फत समृद्ध कास्कीकोट निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्न बताउनु भयो । हाम्रो कास्कीकोट युवा संजालका संयोजक चन्द्रेश्वर बस्ताकोटीले कास्कीकोटलाई नमुना पर्यटकिय गन्तव्य बनाउन होमस्टेहरुले पाउनाहरुलाई गर्ने सत्कार, स्थानिय परिकार, स्थानिय सस्कृति सरसफाइको समेत भुमिका रहने भएकाले प्रशिक्षणबाट प्राप्त ज्ञानलाइ ब्यबहारमा उतार्नु पर्ने बताउनु भयो ।

स्थानिय समाजसेवीहरु खेमराज सुवेदी, मनहरी त्रिपाठी, भुजेल समाजका लाल बहादुर भुजेल(ठुलो), देविप्रसाद बस्ताकोटी, लगायतले उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्नुभएको थियो । अधिकासं बक्ताहरुले सञ्जाल र तारागाउँ बिकास समितिको सकृयताको प्रशंसा गर्नु भएको थियो

उक्त तालिममा प्रशिक्षकद्वय जगदीश प्रसाद श्रेष्ठ र मदन गोपाल बानियाँका अतिरिक्त सुदिल कुमार तुलाधर (कुकिङ स्पेशलिष्ट) र राजकुमार लामा (खाध्य प्राबिधिक, रुपाकोट रिसोर्ट)ले होमस्टेका लागी आवश्यक कुकीङ, वेटर, व्यवस्थापन आदि विषयमा केन्द्रित भई सैद्धान्तिक ज्ञान एवं ब्यवहारिक सिप उपलब्ध गराउनु हुनेछ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत तारागाउँ विकास समितिको आयोजनामा हुँदै गरेको उक्त तालिममा भुजेलगाउँ सामुदायिक होमस्टेका २३ र प्रस्तावित चिलिमडाडा होमस्टेका ९ गरि कुल ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । उक्त तालिमका लागि हाम्रो कास्कीकोट युवा सञ्जालले समन्वयकारी भुमिका निर्वाह गरेको छ ।