नेपाल ओमानसँग ५–० ले पराजित, सबै खेलमा हार

680
views

काठमाडौं, २२ कात्तिक । एएफसी यु–१९ च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

कीर्गिस्तानमा बुधबार भएको खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो । छनोट चरणअन्तर्गत् यसअघिका तीनओटै खेल हारेको नेपाल अन्तिम खेलमा पनि पराजित भएसँगै अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा एक गोल पनि गर्न नसकेको नेपालले सबै चार खेल हार्नेक्रममा कुल १२ गोल व्यर्होयो ।
आफ्नो पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले हारेको नेपाल दोस्रो खेलमा बहराइनसँग ४–० ले र तेस्रो खेलमा युएईसँग १–० ले पराजित भएको थियो ।