धादिङ २४ काठमाण्डौ । धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३४ जनाको आत्माको चिरशान्तिको लागि घटनास्थलमा दीप प्रज्व
लन गरिएको छ । दुर्घटनाको तेह्र्रौ पुण्य तिथिमास्वस्ती शान्ति मन्त्र बाचन, शान्तिहोम, मौनधारण तथा दीप प्रज्वलन गरिएको हो । पृथ्वी राजमार्ग तथा लोकमार्ग आसपासका युवाहरुको समुहले स्वस्ती मन्त्र बाचन तथा दीप प्रज्वलन आयोजना गरेको हो ।
गत कार्तिक ११ गते शनिबार सप्तरीबा
ट काठमाडौँ आउँदै गरेको सन्देश ट्राभल्सको यात्रुबाहक ना ६ ख १४६७ नम्बरको रात्री बस धादिङको घाटबेशी नजिक बाङ्गेमोडबाट करिब ५० मिटर तल त्रिशूली नदिमा खसेर दुर्घटना भएको थियो ।
उद्दारकार्यमा खटिएका रेड्क्रस धादिङका नारायण कुमार श्रेष्ठले आयोजकको तर्फबाट बोल्दै त्यस दिनको सम्झना गरे । उनले सडकमा हुने यस्ता अप्रिय दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । उक्त कार्यक्रममा मलेखु भद्रकाली गुरुकुलका बटुकहरुले स्वस्ती शान्ती मन्त्र बाचन गरेका थिए ।
श्रद्धाञ्जली एवं दीप प्रज्वलन कार्यक्र
ममा उपस्थित श्री वैरेनीस्थित ६ नम्बर बाहिनी पति सहायक रथी सुदर्शन बिक्रम राणा, देबिदत्त गणका गणपती भरत बुढाथोकी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसी, ईप्रका गजुरीका प्रमुख सञ्जय तिमल्सिना, ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटा, सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा बेशगण आदमघाटका कार्यालय प्रमुख जनक सापकोटा, गजुरी सामुदायिक बिकास समाज, भद्रकाली सामुदायिक बिकास समाज मलेखु, नेपाल रेड्क्रस सोसाइटी धादिङ, भद्रकाली आमासमुह, रामभजन मंडली भद्रकाली, गुरुकुल भद्रकाली मन्दिर, भद्रकाली बाल क्लब, इग्निस फूटबल युबा क्लब, त्रिशूली बचाउ महाअभियान, प्राकृतिक सम्पदा संरक्षण समिती, प्रकृति मानव जनभियान नेपाल, लायन्स क्लब मलेखु, बैरेनी युबा समूह, आदमघाट युबा समूह लगायत धादिङ्बेशीवासीको सहभागिता रहेको थियो ।










