निर्माता अर्जुन कुमारले गरे ‘फाटेको जुत्ता–२’ बनाउने घोषणा

996
views

काठमाण्डौ, २४ कार्तिक । ‘फाटेको जुत्ता’का निर्माता अर्जुनकुमारले फिल्मको सिक्वेल बनाउने घोषणा गरेका छन् । निर्माता अजुर्नकुरमाले फाटेको जुत्ता’कै टिमलाई लिएर ‘फाटेको जुत्ता–२’ बनाउने घोषणा गरेका हुन् ।

पहिलो फिल्मले सोचेभन्दा राम्रो व्यापार गरेको भन्दै हौसिएका निर्माताले ‘फाटेको जुत्ता–२’ बनाउने घोषणासँगै फाटेको जुत्ताले चारदिनमै लगानी सुरक्षित गरेको राजधानीमा आयो जित पत्रकार भेटघाट कार्यक्रम बताए ।

उनले यो वर्ष नै सम्पन्न हुने गरी सिक्वेल निर्माण गर्ने जानकारी दिए । सिक्वेलको निर्देशन पनि निर्देशक निकेश खड्काले नै गर्ने बताए । फिल्ममा सौगात मल्ल नै शीर्ष भूमिकामा दोहोरिने छन् भने हिरोइन चाहिँ नयाँ हुने उनको भनाई थियो ।

‘फाटेको जुत्ता’को प्रचारप्रसारमा समय नदिएको भन्दै नायिका प्रियंका कार्की र निर्माण पक्षबीच केही खटपट भएपछि उनी सिक्वेलमा नदोहोरिने भएकी हुन् ।