दक्षिणी पर्वतमा काँग्रेसको जनलहर बढ्दै

1238
views

पर्वत, २४, कार्तिक । दक्षिण पर्वतका विभिन्न स्थानमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशीको उपस्थितिले जनलहर बढेको छ । दक्षिण भेगका हुवास, त्रिवेणी, टकलाक, बेउलीबास लगायतका विभिन्न ठाउँमा पुगेका जोशीको पक्षमा जनलहर बढेपछि माहोल बदलिएको अनुमान गर्न थालिएको छ ।

नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवार भएका जोशीसँग दक्षिण भेगको विकासका लागि सधैँ माग्ने काम मात्रै भएको तर, यसपाली भने गुन लगाउने अवसर मिलेको सर्मथक, मतदाताले आश्वासन दिएका छन् ।

सो क्षेत्रबाट काँग्रेसका प्रभावशाली युवा नेता राजेन्द्र तिवारी समेतको उम्मेदवारीले दक्षिणलाई प्रभाव पार्नुको साथै माहोल काँग्रेसतर्फ खिचेको स्थानीयको भनाई छ ।

मुख्यत हुवास, शालिग्राम, त्रिवेणी, सरौंखोला, भोर्लेमा केन्द्रित देखिएको राजनीतिले चुनाव वाम गठवन्धनमा जाने वा लोकतान्त्रिक गठबन्धनमा जाने भन्ने विषयमा बहस र अनुमान गर्न थालिएको छ ।