विष्टको पार्थीव शरीर आगोमा विलिन हुँदा मलामीको सानो समुह

1177
views

काठमाडौं, २५ कार्तिक । मुलुकको तीन पटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष समेत बनेका स्वर्गीय कीर्तिनिधि बिष्टको ९० बर्षको उमेरमा निधन भएको छ ।

शनिबार बिहान ९० वर्षको उमेरमा विष्टको निधन भएको हो । उनको शवयात्रा भद्दा पनि बनेन् पशुपति आर्यघाटमा राजकीय सम्मान पनि भएन् । ज्ञानेश्वरस्थित निवासबाट उनको शव यात्रा शुरु हुँदा मलामीको ठूलो ताँती पछाडि लागेको देखिएन् ।

राजा महेन्द्रको शासनकालमा उनी पहिलो पटक प्रधानमन्त्री बने, त्यसपछि दुई पटक राजा वीरेन्द्रका सरकार प्रमुख र राजा ज्ञानेन्द्रले उनलाई तुलसी गिरीपछि दोस्रो वरियताका मन्त्रिपरिषद् उपाध्यक्ष बनाए ।

आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्रपा अध्यक्ष कमल थापा मात्र पुगेका थिए ।

आर्यघाटको परम्परागत चितामा उनको पार्थिव शरीर आगोमा विलिन हुँदै गर्दा परिवारका सदस्य र शुभेच्छुकहरुको सानो समूह मात्र उपस्थिति थियो ।