महाशिला, जलजला, बाँसखर्क र माझफाँटमा वाम गठबन्धनको चुनावी अभियान

1118
views

पर्वत, २६ कार्तिक । जिल्लाको महाशिलाका ६ वटा वडामा भएको चुनावी कार्यक्रम सकेर संयुक्त बामगठबन्धनको टोलीले हिजोदेखी जलजलाबाट चुनावी अभियान शुरु गरेको थियो । जलजलाको बाँसखर्क र माझफाँटबाटम भव्य स्वागत पाएको गठवन्धनले चुनावी सरगर्मीलाई अगाडि बढाएको चुनाव प्रचार प्रसार समितिका सदस्य दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार क्षेत्र न २ को चुनावी कार्यक्रम भने शालीग्राम र बहाकीमा पनि भइरहेको छ । एमालेका उमेदवार विकास लम्साल क्षेत्र न २ को चुनावी कार्यक्रममा ब्यस्त रहेका छन भने क्षेत्र न १ का माओवादी केन्द्रका उमेदवार नेत्र अधिकारी प्रतिनिधि सभाका उमेदवार पदम गिरीसहितको कार्यक्रम बाँसखर्कमा भएको छ ।

एमाले र माओवादी वीचको संयुक्त चुनावी कार्यक्रम शनिवार बाँसखर्क र माझफाँटमा भएको थियो । चुनावी अभियानमा एमालेका जिल्ला स्तरीय नेता देखि केन्द्रिय सदस्य र केन्द्र तथा प्रदेश कमिटिका विभागीय सदस्यहरु समेत सहभागी हुने जिल्ला निर्वाचन परिचालन कमिटिका संयोजक भक्त कुवंरले जानकारी दिए ।