औद्योगिक विकास र सम्भावनालाई कार्यान्वनयमा ल्याउन व्यावसायिलाई आग्रह

1194
views

नुवाकोट, २६, कार्तिक । नुवाकोट उद्योग वाणिज्य संघको १५ औ वार्षिक साधारण सभालाई संबोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का संयोजक दिनेश श्रेष्ठले नुवाकोटमा रहेको औद्योगिक विकास र सम्भावनालाई कार्यान्वनयमा ल्याउन व्यवसायीलाई आग्रह गर्नुभएको छ । 
बट्टारमा भएको साधाधरण सभामा प्रदेश नं. ३ का संयोजक श्रेष्ठले नुवाकोट हुदै सञ्चलनमा आएको रसुवागढी–ठोरी अन्तराष्ट्रिय मार्ग, जलविद्युत आयोजनाको उत्पादनको लागी प्रयाप्त श्रोतको उपलब्धता, कृषिको लागी भण्डारण स्थल सरहको भूमी भएकाले नुवाकोट औद्योगिक विकासको लागी मुख्य स्थानको रुपमा उभ्याउन सक्नुपर्ने बताउनुभयो । उहाँले नुवाकोटमा ‘एक गाँउएक उत्पादन’ कार्यक्रम सानो रुपमा सुरु भएर उल्लेख्य परिवर्तन गर्न सक्षम भएकाले नुवाकोटको व्यापारीहरुको तर्फबाट माग भएर नुवाकोट उद्योग बाणिज्य संघ मार्फत माग भएर आएको सहयोग पु¥याउन प्रदेश र केन्द्रीय बाणिज्य महासंघ तयार रहेको बताउनुभएको छ ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजन श्रेष्ठले नुवाकोटहुदै सञ्चालनमा रहेको अन्तराष्ट्रिय नाका, रेलमार्गको विस्तारको अध्ययन, पर्यटक प्रबद्धन, छहरे–टोखा  सुरुङमार्ग विस्तारले आर्थिक रुपमा समृद्धि बनाउन सकिने बताउनुभएको छ ।

वार्षिक साधारणसभामा उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीले संघको वार्षिक पतिवेदन र भाविकार्ययोजना पस्तुत गर्दै आगामी फागुनमा पाचौ नुवाकोट महोत्सव गर्ने योजना सार्वजनिक गर्नुभएको छ । यस्तै, विशेष आर्थिक क्षेत्रको रुपमा नुवाकोटको रातमाटे, पिपलल्टार र लिखुफाँट प्रस्ताव भइसकेकाले कुनै एक स्थानमा कार्यान्वयनमा ल्याउन पलह गर्ने, बजार क्षेत्रम जडान भएको सिसि क्यामरालाई व्यवस्थित गराउन पहल गराउने, नुवाकोटमा विस्तार भइरहेका सडक लगायतका भौतिक पूवर्धारको कार्यक्रमलाई समयमै पूरा गर्नको लागी सहयोगको प्रतिबद्धता जनाइएको छ ।

संघका महासचिव दिपक कायस्थले संघको अबस्था एंव संघको कार्य्विधि पेश गर्दै संघको पहलमा विदुरमा कृषि हाट बजार सञ्चालनको तयारी भइरकेको, बजार तथा व्यवसाय क्षेत्रलाई प्रभावकारी बनाउनको लागी अनुगमन तथा प्रशिक्षण कार्यक्रम, कर सम्बन्धि शिविर सञ्चालन गर्दै जिल्लामा उत्पादन भएका पुँजीलाई व्यवसायमा लगानी गर्न प्रोत्साहन पु¥याउदै आएको बताउनुभएको छ ।  यस्तै, संघका कोषाध्यक्ष गिता अमात्यले आर्थिक वर्ष २०७३/७४ को एककरोड १४ लाख ४२ हजार रुपैयाँको आय÷व्यय प्रस्तुत गर्दै संघको आर्थिक अबस्था मजबुद रहेको विवरण पेश गर्नुभएको छ । अध्यक्ष ताराबहादुर कार्कीको बार्षिक प्रतिवेदन, महासचिव दिपक कायस्थको आर्थिक प्रतिवेदन र कोषाध्यक्ष गिता अमात्यको लेखा प्रतिवेदन बन्द सत्रले सर्वसम्मत रुपमा पारित गरेको छ । 

साधारणसभामा विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितले नुवाकोटका उद्योगी व्यवसायीले बाहिरबाट सामान ल्याएर व्यापार गरीरहेकाले स्थानीय उत्पादनलाई प्रश्रय दिनुपर्ने सुझाव दिनुभएको छ । धारणसभामा बालाजु कर कार्यालयका प्रमुख कपिलप्रसाद सुवेदी, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चन्द्रकान्त, जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विजयकुमार भट्टराई, संघका पूर्व अध्यक्ष शरणउत्सुक सापकोटा, सल्लाहकार धर्म भक्त श्रेष्ठ, प्रथम उपाध्यक्ष भुवनलालराज भण्डारी लगायतले संघले सञ्चालन गर्दै आएको क्रियाकलापको जानकारी दिदै भावी रणनीति सञ्चालनको लागी साधारणसभाबाट प्राप्त हुने सुझावको आधारमा अघि बढ्ने बताएका छन् ।  

साधारणसभाको अबसरमा संघले चार विधामा जिल्लाका चार जना सफल उद्यामी तथा व्यवसायीको रुपमा सम्मान गरेको छ । सम्मानित हुनेमा उद्योग तर्फ हाम्रो अक्सिजन ग्याँस उद्योग प्रालिका अध्यक्ष प्रदिप सेढाइ, पर्यटन व्यवसाय तर्फ हिमनदी पर्यटन सहकारी अन्तरगत रहेर होटल वाटर टावरका सञ्चालक राममणी अधिकारी, कृषि व्यवसायी तर्फ चुलन पोल्ट्री फर्मका प्रोपाइटर सिंहनारायण चित्रकार र हस्तकला तथा महिला उद्यमीतर्फ जालपा ढाका उद्योगका प्रोपाइटर मिश्रीमाँया कुमाल रहनुभएको छ ।