पाङमा वाम गठवन्धनको वृहत चुनाव परिचालन समन्वय समिति बन्यो

1234
views

पर्वत, २६, कार्तिक । कुश्मा नगरपालिकाको वडा नं १ मा वाम गठबन्धनले समन्वय समिति एवं चुनाव परिचालन समिति बनाएके छ । साथै सो अवसरमा चुनाव प्रचार प्रसार उप समितिहरु पनि बनाएको छ ।

फरक फरक पृष्ठभुमी र मान्यताका साथ अधी बढेका दुई कम्यूनिष्ट पार्टी नेकपा.(एमाले) र नेकपा (माओवादी केन्द्र) एक आपसमा वहस तथा छलफल पश्चात एकता गरी एउटै कम्न्यूष्ट पार्टी निर्माण गर्ने निर्णयमा पुगीसकेको अवस्थामा मंसीर १० र २१ मा सम्पन्न हुन लागेको प्रतिनीधि सभा तथा प्रदेश सभाको चुनाबका लागि समन्वय समिति बनाएको हो ।

जिल्लामा वाम गठबन्धनका साझा उमेदवार पदम गिरी, प्रदेश सभा १ का साझा उमेदवार नेत्र अधिकारी र प्रदेश सभा २ का साझा उमेदवार विकास लम्साललाई चुनाबी प्रतिस्पर्धामा पठाउने निर्णय गरी पठाएको र सोही केन्द्रीय गठबन्धन को सरकुलर अनुसार केन्द्र, प्रदेश, जिल्ला, स्थानीय तह नगर र गाउँपालिका तथा प्रत्येक वार्डमा एकता बैठक सम्पन्न गर्ने र सो बैठकले समन्नय समिती तथा चुनाब परीचालन समिति, विभिन्न उपसमिती गठन गर्ने निर्देशानुसार समन्वय समिति निर्माण भएको जनाइएको छ ।

सो अनुसार शनिवारका कुश्मा नगरपालिका–१ पाङमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त बैठक बसी शंकर रिजालको संयोकत्वमा ५१ सदस्सीय समन्वय समिति गठन गरेको हो ।

समितिले शंकर रिजालकै संयोजकत्वमा ९ सदस्सिय चुनाव परिचालन सचिवालय, देवेन्द्र प्रसाद सुबेदीको संयोजकत्वमा ५०१ सदस्य रहेको चुनाव प्रचार प्रसार उपसमिति, भोलाराज सुबेदीको संयोजकत्वमा ५ सदस्य रहेको कार्यक्रम ब्याबस्थापन उप समिति, गोपाल वि को संयोजकत्वमा ९ सदस्य रहेको आर्थिक उप समिति, रामप्रसाद रिजालको संयोजकत्वमा ९ सदस्य रहेको अनुगमन उप समिति गठन गरेको छ ।

बैठकले संयोजक लुमणीराम शर्मा, सह संयोजक वावुराम विक र उप संयोजक वालकृष्ण शर्मा रहने गरी १०१ जना युवा परिचालन उप–समिति गठन गर्ने निर्णय समेत गरेको छ ।