९ हजार विद्यार्थीको भविष्यमाथि खेलबाड !

614
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, २६ कात्तिक । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले चिटकाण्डपछि रोकिएको एमबीबीएस प्रबेश परीक्षाको नतिजा सार्वजनिक गर्ने या रद्द गर्ने भन्ने विषयमा निर्णय लिन ढिलो गर्दा डाक्टर बन्ने सपना बुनेका ९ हजार विद्यार्थीको भविष्य संकटमा परेको छ ।
निर्णय ढिलाईले आईओएम अन्तर्गतका महाराजगन्ज मेडिकल कलेज, किस्ट आर्मी, जानकी, गण्डकी, युनिभर्सल, नेसनललगायत मेडिकल कलेजको एमबीबीएस तह अध्ययनको एउटा सेसन नै सर्ने देखिएपछि विद्यार्थीको भविष्य संकटमा परेको हो ।
प्रवेश परीक्षामा चिट चोरी भएको प्रहरीको प्रारम्भिक प्रतिवेदन आइसकेकाले नतिजा सार्वजनिक गर्दा सर्वत्र विरोध हुन सक्ने र रद्द गर्दा आफुहरुको गल्ति ठहर हुने भएमा आईओएमका पदाधिकारी परेका छन । नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. दिलीप शर्माले प्रवेश परीक्षा बारे समयमै निर्णय नहुँदा महंगो शुल्क बुझाएर विद्यार्थी विदेसिन थालेको बताए । कारण जे भए पनि आईओएमले निर्णय लिन ढिलाई गर्दा त्यसको असर डाक्टर बन्ने उदेश्य राखेका हजारौं विद्यार्थीमा परेको छ डा. शर्माले भने, नेपालमा एक वर्ष खेर जाने सम्भावना देखिएपछि कन्सलटेन्सिलाई १० लाख रुपैयाँसम्म अतिरिक्त रकम बुझाएर विदेश जाने तयारी गरेको छ । आजको अन्नपूर्ण दैनिकबाट