‘भोट हालेका सांसद कहिल्यै देखेनौं’

758
views

नवदृष्टि संवाददाता
राक्सिराङ, २६ कार्तिक । चारैतिरबाट हावा छिर्ने झुप्रो घर । करिब एक महिनालाई खान पुग्ने मकै । बिरामी श्रीमति र कुपोषणले ग्रसित छोराछारी । घरखर्च जोहो गर्न डाको बुन्दै गरका रामकुमार चेपाङसँग जाडो लुकाउन अगेनाको मात्र साहारा छ । मैलो झुत्रो कपडा ,चाउरीएको अनुहार र जिङरिङग परेको दारी कपाल । करिब ३५ वर्षिय रामकुमार ५० कटेझै देखिन्छन् । राक्सिराङ गाउँपालिका –७ काँकडास्थित धिराङका रामकुमार पुर्खौदेखि बस्दै आएको ओढार छाडेर खुला आकाशमुनी झुप्रो घरमा बस्न थालेको तीन वर्ष मात्र बितेको छ । भखैरै बाहिरी संसार देख्दै गरेको उनले वैशाख ३१ मा मात्र चुनाव कस्तो हुन्छ भन्ने भेउ पाए । ३४ वर्षको उमेरमा एक वर्ष अघि तत्कालीन काँकडा गाविस कार्यालयस्थित सिलाधुनीमा नागरिकता बनाएका उनले पहिलो पटक स्थानीय निर्वाचनमा मत हाले ।
म्ंसिरमा २१ म हुने दोस्रो चरणको प्रतिनिध र प्रदेशसभा निर्वाचनबारे उनीहरु बेखबर छन । निर्वाचनमा मत हाल्नुपर्छ थाहा पाएका रामकुमारले अहिलेसम्म सांसद देखेका छैनन् । आजको अन्नपूर्ण दैनिकबाट