इरान–इराक शक्तिशाली भुकम्प जाँदाएक सय भन्दा बढीको मृत्यु

737
views

ईरान । इरान–ईराकमा एउटा शक्तिशाली भूकम्प जाँदा देशको पश्चिम क्षेत्रमा १ सय भन्दा बढीको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् । अधिकारीहरुले सरकारी सञ्चारमाध्यमलाई बताए अनुसार इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय ३५ जनाको मृत्यु भएको छ । इराकमा अन्य ६ जनाको ज्यान गएको बताइएको छ । मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ ।
इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन् । थुप्रै गाउँ र शहररुमा विजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।
बाटो अबरुद्ध भएका कारण केही उद्धार टोलीहरु क्षतिग्रस्त क्षेत्रसम्म पुग्न सकेका छैनन् । भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएका थिए । सामाजिक सञ्जालमा राखिएका तस्वीरहरु मा कुवेतमा मानिसहरु बाहिर सडकमा भेला भएको र परकम्प आउन सक्ने डरले आफ्नो घरमा फर्किन डराएको देखिन्छ । ७.३ म्याग्निच्युड मापन गरिएको भूकम्पको केन्द्रविन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ ।