चुनावअघि पार्टी एकता हुँदैन – अध्यक्ष दाहाल

719
views

रत्ननगर चितवन २७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि पार्टी एकता हुने बताएका छन् । दाहालले चुनाव अगावै पार्टी एकता भन्ने निराधार हल्लाका पछि नलाग्न पनि आग्रह गरेका छन् ।

चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका प्रचण्डले यहाँ आयोजित पत्रकमार सम्मेलनमा पत्रकारसँग कुराकानी गर्दै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिए ।विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए ।चुनावी प्रचार अभियान र घरदैलो कार्यक्रममा दैनिक रुपमा सक्रिय प्रचण्डले चितवनको विकासका लागि छिट्टै नै आफ्नो योजना सार्वजनिक गर्ने जानकारी दिए ।

चितवनमा उहाँको प्रतिस्पर्धीका रुपमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे रहनुभएको छ । पाण्डेले पनि चुनावी अभियान तीव्र पार्नुभएको छ ।