क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकपका लागि छनोट

945
views

काठमाडौं, २७, कात्तिक । क्रोएसिया र स्विट्जरल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । गएराति भएको दोस्रो लेगको प्ले अफ खेल बराबरीमा रोकिए पनि पहिलो लेगमा हात पारेको जितको आधारमा यी दुई राष्ट्रले विश्वकपमा ठाउँ बनाएका हुन् ।

आइतबार राती क्रोएसियाले ग्रिससँग गोलरहित बराबरी खेल्यो । पहिलो लेगमा भने क्रोएसिया ४–१ ले विजयी भएको थियो । सोही राती स्विटजरल्याण्ड नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्यो । पहिलो लेगमा स्विटजरल्याण्ड १–० ले विजयी भएको थियो ।

ईटालीले विश्वकपमा छनोट हुन यो खेल कम्तिमा पनि २ गोलको अन्तरले जित्नुपर्ने हुन्छ । युरोपबाट छानिने अन्तिम टोलीको टुंगो मंगलबार राती हुने डेनमार्क र रिपब्लिक अफ आयरल्याण्डको खेलपछि हुनेछ ।