सर्वसाधारणलाई औषधीको मुल्यमा सस्तो पर्ने

735
views

काठमाडौं, २८ कात्तिक । सरकारले उत्पादकसँग सीधै खरिद गरी सर्बसाधारणलाई बिक्रि गरे औषधिको मूल्य अहिलेको भन्दा ४० देखि २२ प्रतिशतसम्म सीतो पर्ने देखिएको छ ।


सुपथ मुल्यमा गुणीतरीय औषधि खरिद गरी सरकारी आस्पतालमा फार्मेसीमार्फत उपलब्ध गराउनेबारे सिफारिस गर्न सरकारद्धारा करिब ६ महिना अघि गठित उच्चस्तरीय समितिले यस्तो निष्कर्ष निकालेको हो । बिचौलियाले अनुचित र आश्चर्यजनक रुपमा मूल्यवृद्धि गरेकाले औषघि २२ सय प्रतिशतसम्म महंगो भएको हो । समितिले सरकारलाई सोमबार बुझाएको प्रतिवेदन लागत घटाउन सरकारले नै उत्पादकसँग सोझै औषधि खरिद गर्नुपर्ने सुझाब छ । त्यसरी सरकारले उपलब्ध गराउने औषधिमा सरकारी अस्पताल योजनाका लागि मात्र लेखिएको स्टिकरसमेत राख्न पनि सुझाब छ । नुन, चिनि र रासायनिक मल व्यावस्थापनका लागि स्थापित साल्ट ट्रेडिङ कर्पोरेसन जस्तै औषधि वितराणका लागि छुट्टै संयन्त्र गठन गर्नु पर्ने उल्लेख छ । आजको कान्तिपुर दैनिकबाट